कोकाकोलाले विश्वकप हेर्ने सपना पूरा गर्ने

सन् १९७८ देखिनै कोकाकोला फिफाको आधिकारिक प्रायोजक रहँदै आएको छ र त्यसपलदेखि नै हरेक खेलमा कोकाकोलासँगै छ । यो चालिसौं वर्षको आधिकारिक प्रायोजकमा, कोकाकोलाले यस वर्ष नेपालमा सबैभन्दा ठूलो अभियान ल्याएको छ कोक खाम् रसिया जाम् “जहाँ ४० जना भाग्यशाली उपभोक्ताले फिफा प्रत्यक्ष हेर्न रसिया जान पाउने छन् । कोकाकोला नेपालले आफ्ना उपभोक्तालाई निकै ठूलो र आश्चर्यजनक क्याम्पेन सार्वजनिक गरेको छ । ‘कोक खाम्, रसिया जाम्’ अफरअन्तर्गत कोकाकोलाका उपभोक्ताले जीवनमा एक पटक आउने मौका प्राप्त गर्ने छन् । यस योजनाअन्तर्गत भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप–२०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । यस योजनाअन्तर्गत ४० भाग्यशाली उपभोक्ताले रसिया पुगेर विश्वकपको प्रत्यक्ष अनुभव गर्नेछन् । यसका अलावा २ सय उपभोक्ताले दैनिक आकर्षक उपहार जित्न सक्नेछन् । फिफा लोगो अंकित फिफा वल्र्डकप विशेष उपहारहरू जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जस्ता वस्तुहरू जित्न सक्ने छन् भने हरेक दिन २ जनाले २४ इन्चको टेलिभिजन जित्न सक्नेछन् । यसरी यो पूरै क्याम्पेनमा १२ हजार ६ सय जनाले बिभिन्न प्रकारका उपहार जित्न सक्नेछन् । कोकाकोला नेपालका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहका अनुसार विश्वकप सुरु हुन् अगाडि ‘कोक खाम,् रसिया जाम्’ अभियान सञ्चालन गर्न पाएकोमा कमपनी निकै खुसी छ । फिफासँग हामीले ४० वर्षदेखि सहकार्य गर्दै आइरहेका छौं भन्दै उनले उपभोक्तालाई सबैभन्दा ठूलो अवसर सिर्जना गरेको पनि बताए । यो निकै ठूलो क्याम्पेन हो भन्दै उनले १२ हजार ५ सय विजेताले फिफाको लोगो अंकित विशेष उपहार जित्न सक्ने तथा ४० जनाले प्रत्यक्ष खेलहेर्ने मौका पाउने पनि बताए ।