ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले होटेल आइकावा इन प्रा.लि.मा विषेश छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र होटेल आइकावा इनबिच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई उक्त होटेलका विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इनका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।