‘कालापानी र लिपुलेक नेपाली नक्शामै छ, लिम्पियाधुराको पहल भइरहेको छ’ «

‘कालापानी र लिपुलेक नेपाली नक्शामै छ, लिम्पियाधुराको पहल भइरहेको छ’

वीरगन्ज-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी र लिपुलेक नेपालतर्फै रहेको नक्सा सरकारले प्रकाशित गरेको बताएकी छिन् । राष्ट्रियताको सवालमा सरकारले खुट्टा नकमाउने बताउँदै उनले लिपुलेक र कालापानी नेपालकै भूमि रहेको नक्सा सार्वजनिक गरिसकेको बताइन् ।
अहिले लिम्पियाधुराको विषयमा देखिएको विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको पनि उनले जानकारी दिइन् । नेपाल कम्युनिस्ट पार्टी पर्साको कार्यकर्ता भेटघाट कार्यक्रममा मंगलबार वीरगन्जमा सम्बोधन गर्दै मन्त्री अर्यालले लिपुलेक र कालापानी नेपाली भूमिमै भएको नक्शा प्रकाशित गरिसकेको र लिम्पियाधुराको विषयमा कूटनीतिक पहल भइरहेको जानकारी दिएकी हुन् ।
सरकार प्रगतिपथमा अघि बढेको भन्दै सरकारले गरेको कामको सकारात्मक प्रचार नभएकोले काम नदेखिएको जस्तो जनतालाई लागेको उनले बताइन् । नयाँ संरचना अनुसार तीन तहको सरकारले काम गर्नुपर्ने भएकोले कतिपय काम स्थानीय सरकारको भएपनि जनताले केन्द्र सरकारसँगै अपेक्षा राखेको हुँदा जनताले सोचेजस्तो काम नभएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्