Logo

कारोबारकर्मी कर्ण सम्मानित

जनकपुरधाम– द ग्रिन भारत टाइम म्यागेजिन र निरोजा ग्रिन इण्डिया परिवार फाउण्डेशनले कारोबार दैनिकका जनकपुर समाचारदाता वीरेन्द्र कर्णलाई समारोहबीच सम्मान गरेका छन् ।

सामाजिक गतिविधिको क्षेत्रमा सक्रिय भई कलम चलाउँदै आएकाले पत्रकार कर्णलाई ‘सेवा सम्मान’ बाट सम्मानित गरेको जनाइएको छ ।

कार्यक्रमका प्रदेश सांसद रामअशिष यादव र बिना शर्माले पत्रकार कर्णलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए । पत्रकार कर्ण लामो समयदेखि कारोबार दैनिकसहति विभिन्न सञ्चार संस्थामा आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्