लक्ष्मी सन्राइजले मनायो वातावरण दिवस

काठमाडौं– लक्ष्मी सन्राइज बैंकले ‘प्रोजेक्ट ५के’ परियोजनाका साथ विश्व वातावरण दिवस मनाएको छ । सो पहलमार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसमा देशभर पाँच हजार रुख रोप्ने लक्ष्य राखेको थियो ।
जुन १ देखि ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखामार्फत स्थानीय समुदाय तथा संस्थासँग सहकार्यमा करिब ६ हजार रूख रोपेको बताइएको छ । देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानमा गरिएको थियो ।
प्रोजेक्ट ५केसँगै लक्ष्मी सन्राइज बैंकले सोही दिवसमा आफ्नो एभोडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको छ । प्रतिवेदनले नवीकरणीय ऊर्जा, विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्ने बैंकको दावी छ ।