स्यमुकापुको इ १ ए इलेक्ट्रिक स्कुटर बजारमा

काठमाडौं– स्यामुकापु ट्रेडिङले सहरी आवतजावतलाई लक्षित गर्दै प्रविधियुक्त इ १ ए सिरिजको इलेक्ट्रिक स्कुटर नेपालमा भित्र्याएको छ । स्यामुकापु इ १ ए सिरिजको नेपालको लागि आधिकारिक बिक्रेता हो ।
एडभान्स् टेक्नोलोजी, उच्च पफोर्मेन्स र वातावरणमैत्री प्रविधियुक्त यो ई–स्कुटर नेपाली ग्राहकको पहिलो रोजाई हुने कम्पनीको दावी छ । हाल यो इ १ ई–स्कुटर भारत, श्रीलंका, युएई, मलेसिया र घानामा उपलब्ध छ । इ १ ए सिरिजको ७२ वाट मोटरले २४०० वाट रेटेड पावर र अधिकतम ३०००ध् वाट पावर दिने बताइएको छ । यसले गर्दा यो ई–स्कुटर सहरी आवतजावतको लागि निकै भरपर्दो छ ।
इ १ ए सिरिजको इको मोड, ड्राइभिङ मोड र स्पोर्ट्स मोड गरी तीन राइडिङ मोडलमा उपलब्ध छन् । स्कुटरमा १२ महिना वा १० हजार किलोमिटरको वारेन्टी छ, ब्याट्रीमा ३६ महिना वा ३५ हजार किलोमिटर र मोटरमा २४ महिना वा २० हजार किलोमिटरको वारेन्टी कम्पनीले उपलब्ध गरेको छ। इ १ ए सिरिजको ४० एएचको मूल्य तीन लाख २० हजार ५०० रहेको छ ।