माइक्रो फाइनान्सको छुट्टै समूहगत सूचक «

माइक्रो फाइनान्सको छुट्टै समूहगत सूचक

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले माइक्रो फाइनान्स कम्पनीको समूहगत सूचक छुट्टै बनाएको छ । नेप्से विकास बैंकबाट छुट्टाएर माइक्रो फाइनान्सको समूह बनाएको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले माइक्रो फाइनान्स कम्पनीको समूहगत सूचक छुट्टै बनाएको छ । नेप्से विकास बैंकबाट छुट्टाएर माइक्रो फाइनान्सको समूह बनाएको हो । यसभन्दा अघि नेप्सेमा सूचीकृत भएका माइक्रो फाइनान्स कम्पनीहरू विकास समूहअन्तर्गत सूचीकरण भई कारोबार हुन्थ्यो । कारोबार भई माइक्रो फाइनान्सको सेयर मूल्यमा आएको उताचढावको असर विकास समूहमा पथ्र्यो । तर, बुधबारदेखि माइक्रो फाइनान्सको सेयर मूल्यको उतारचढावअनुसार बढ्ने घट्ने गर्ने लघुवित्त समूह सुरु भएको हो  । माइक्रो फाइनान्स समूहसहित नेप्सेका कारोबार हुने समूहको संख्या १० पुगेको छ । नेप्सेको असोज २९ गतेको निर्णयअनुसार लघुवित्त समूहका सूचीकृत कम्पनीहरूको कारोबार मूल्य मापन गर्ने गरी एक समूहगत परिसूचक निर्माण गरेको नेप्सेले जनाएको छ । नेप्सेले साविकमा विकास बैंक समूहमा रहेका ७१ कम्पनीमध्ये नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत लिएका लघुवित्त सेवा प्रदान गर्ने ३३ वित्तीय संस्थाहरूको नयाँ परिसूचक निर्माण गरेको हो । बुधबारदेखि सुरु भएको लघुवित्त समूह पहिलो दिन नै करिब १३ अंकले घटेको छ । बुधबार कारोबार सुरु हुँदा १८४५.४५ अंकमा रहेको लघुवित्त समूह पहिलो दिन १२.९३ अंकले घटेर १८३२.५२ अंकमा झरेको छ । बुधबार नेप्सेमा कारोबार भएका धेरै लघुवित्त कम्पनीको सेयर मूल्य घटे पनि लघुवित्त समूह दोहोरो अंकले घटेको हो । नेप्सेमा लघुवित्तसहित कारोबार भएका अधिकांश समूहगत सूचक घटेपछि समग्र बजार परिसूचक ७.०२ अंकले घटेको छ । बुधबार कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से परिसूचक बन्द हुँदासम्म कायम रह्यो । नेप्सेमा कारोबार भएका अधिकांश बैंक वित्त कम्पनीको सेयर मूल्य घटे पनि समग्र बजार सूचक ओरालो लागेको हो । मंगलबार पनि करिब ३ अंकले घटेको नेप्से बुधबार पनि सोही गतिमा देखिएको हो । कारोबार सुरु हुँदा १५३३.५३ अंकमा रहेको नेप्से ७.०२ ले घटेर बन्द हुँदा  १५२६.५१ अंकमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि करिब २ अंकले घटेको छ । नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ६.४७, विकास बैंक १३.४१, होटल ९.६१ र जलविद्युत् ६.८६, वित्त ३.८८ र बिमा समूह ४९.७ अंकले घटेका छन् । तर, नेप्सेमा कारोबार भएका उत्पादनमूलक २३.४८ र अन्य समूह ०.५८ अंकले बढेका छन् । बुधबार नेप्से परिसूचक घटेको भए पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । नेप्सेमा १५९ कम्पनीको ५ हजार ४ सय ५६ कारोबारबाट ४२ करोड २६ लाख रुपैयाँबराबरको १० लाख ३१ हजार ८ सय ३२ कित्ता सेयर खरिद बिक्री भएको छ । 

प्रतिक्रिया दिनुहोस्