ठूला आयोजनाको काम द्रुत गतिमा «

ठूला आयोजनाको काम द्रुत गतिमा

बर्दिया-खानेपानी मन्त्री बिना मगरले ठूला खानेपानी आयोजनाहरुको काम समयमा नै सम्पन्न गर्ने सरकार तयार रहेकाले यस्ता आयोजनाहरुलाई द्रुत गतिमा अघि बढाउने बताएकी छिन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बर्दियाले गरेको कार्यक्रममा मन्त्री मगरले खानेपानीको समस्या हल गर्न ठूला आयोजना द्रुत गतिमा अगाडि बढाउने बताएकी हुन् ।
खानेपानी ऐनले अहिले देखिएका धेरै विवादहरु हल हुँदै जाने बताएकी हुन् ।
उनले खानेपानी ऐनले खानेपानी सम्बन्धित धेरै विवाद हल गर्ने दावीसमेत गरिन । उनले प्रत्येक नागरिकलाई खानेपानीको पहुँच पु-याउन आवश्यकताका आधारमा योजनाहरु बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन् । “हिजोका दिनमा योजनाहरु धेरै बने, भएका योजनाहरु समेत भद्रगोल अवस्थामा पुग्यो, उनले भनिन्, “अब संघ र प्रदेश सरकारले आवश्यकताका आधारमा योजना बनाउनुपर्ने हुन्छ, व्यक्तिको पहुँचको आधारमा योजना बनाएर होइन, जनताको आवश्यकता र समस्याको आधारमा योजना बनाउनुको विकल्प छैन ।”
सम्पन्न हुन बाँकी रहेका आयोजना र समस्यामा परेका आयोजनालाई प्राथमिकता दिएर अगाडि बढाउन निर्देशन दिइसकेको उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्