पाटा नेपाल च्याप्टरको ४५ औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं- प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले “नेपाल टुरिजम २.०ः भविष्यको मार्गचित्रण” भन्ने मूल नाराका साथ ४५ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । साधारणसभाले ग्लोबल एकेडेमी अफ टुरिजमका प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनियुक्त अध्यक्ष खेम लकाइले नयाँ जिम्मेवारीका साथ पाटाको अध्यक्षको भूमिकामा प्रवेश गरेको भन्दै संस्थाको गरिमालाई उचो बनाउदै पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाको सहकार्यमा प्रवद्र्धनात्मक काममा सक्रिय हुने बताए । अध्यक्ष लकाइले भने,‘पाटा नेपाल च्याप्टर नेपालको नेतृत्व गर्न पाएकोमा सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । आफ्नो कार्यकालमा संस्थालाई नयाँ उचाईमा पुर्याउन पल गर्ने छु ।’ अध्यक्ष लकाइले सम्पूर्ण पर्यटनमा आवद्ध संघसंस्था र सरोकारवालाहरुलाई पर्यटनको माध्यमबाट देशको विकास र समृद्धिको साझा सपना साकार पार्न एकजुट भई लाग्न अनुरोध गरे ।
साधारणसभाले पाटाको महासचिवमा नरेन्द्रदेव भट्ट (प्रबन्ध निर्देशक–हेरिटेज टुर्स एण्ड ट्राभल), कोषाध्यक्षमा रीतल राणा (प्रबन्ध निर्देशक–मिड भ्याली इन्टरनेशनल कलेज) चयन गरेका छन् । अन्य कार्यकारी सदस्यहरुमा सुश्री लाक्पा फुटी शेर्पा (संस्थापक–लक्जरी डीएमसी ट्राभल), रुपेश जोशी (निर्देशक–बुद्ध एयर), विनोद अधिकारी (निर्देशक–आर्य भिलेज ट्राभल्स), सुनील बहादुर भट्टराई (कार्यकारी निर्देशक–बीजीबी क्याफे), हिम्मत पुरी (निर्देशक–डेस्टिनागो टुर्स एण्ड ट्राभल), सरिता लामा (प्रवन्ध निर्देशक–अफ द वाल ट्रेकिङ) र तेन्जिङ प्याङ लामा (निर्देशक–होटल ल्हासा इन्टरनेशनल (दुसित प्रिन्सेस काठमाडौं) चयन भएका छन् ।
त्यसैगरी, कार्यसमितिमा डा. स्मृति कला पन्त (बीएचएम/बीएचटीएम प्रमुख–लिटिल एन्जलस कलेज अफ म्यानेजमेन्ट), प्रकाशचन्द्र लोहनी (अध्यक्ष–अल्पाइन उद्धार सेवा), सुमन घिमिरे (कार्यकारी निर्देशक–जंगल सफारी लज), इमु रेग्मी (निर्देशक–बसेरा बुटिक होटल) प्रोक्सी पदाधिकारी तथा सदस्यहरू चयन भएका छन् ।