Logo

शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग

काठमाडौं- नेपाल प्रहरीको सहकार्यमा नेपाल बैंक लिमिटेडले शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग प्रदान गरेकाे छ ।

नेपाल बैंकले नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलहरूमा अध्ययनरत अमररसहिद, अशक्त प्रहरी कर्मचारीका सन्ततिहरू र बहालवाला एवम् पूर्व प्र.का.स. देखि प्र.व.ह. दर्जासम्मका सन्ततिहरू मध्ये उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनार्थ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ३० लाख आर्थिक सहयोग प्रदान गरेको हाे ।

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा “नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति” कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकहरू तथा प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियाे ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले ३० लाख रकमको चेक प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकाललाई हस्तान्तरण गरेका थिए । नेपाल प्रहरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप शैक्षिक छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बैंकप्रति आभार व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले प्रहरी संगठनबाट सञ्चालित विद्यालयहरूमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्