Logo

सीजीका नयाँ मोडलका फ्यान बजारमा

काठमाडौं– चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बिएलडिसि सिलिङ फ्यानका साथै अन्य फ्यान बजारमा ल्याएको छ । ‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत हुने कम्पनीको दाबी छ ।

रिमोट सुविधायुक्त सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटमार्फत वितरण गर्दै आएको छ । त्यस्तै सिजीले विभिन्न डिजाईन र मोडलमा अरु पनि थुप्रै नयाँ सिलिङ, स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरु ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्