बन्दका कारण शैक्षिक संस्था र यातायात ठप्प «

बन्दका कारण शैक्षिक संस्था र यातायात ठप्प

इलाम-विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण इलाममा शैक्षिक संस्था र यातायात ठप्प भएका छन् । कम्युनिष्ट पार्टीको युवा मोर्चाले आइतबार विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घ्घाटन कार्यक्रममा प्रहरीले गरेको हस्तक्षेप गरेको भन्दै गरेको बन्दका कारण यहाँका शैक्षिक संस्था र यातायात ठप्प भएको हो ।
अन्तिम चरणको फाइनल परिक्षा नजिकिए सँगै गरिएको बन्दको प्रतक्ष असर विद्यार्थीहरुमा परेको छ । मंगलबार जिल्लाका कुनै पनि शैक्षिक संस्था चलेनन् ।इलाम सदरमुकाम बाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधनहरु चलेका छैनन् भने ग्रामिण भेगबाट इलाम वजार आउने सवारी समेत चलेका छैनन् । जसका कारण जिल्लावासी मारमा परेका छन् ।बजार आंशिक रुपमा खुलेका छन् । बन्दकर्ताहरु कतै नदेखिए पनि बाक्लो सख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्लावासीले बन्दको विकल्प खोज्नुपर्ने माग गर्दै वन्दको विरोध गरेका छन् ।
तस्विर समेत उपलब्ध छ ।

 

प्रतिक्रिया दिनुहोस्