एनसेल र नेपाल युवा परिषदले ७७०० बिरुवा रोप्ने
काठमाडौं– विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७७०० रुख वृक्षारोपण गर्न सहकार्य गरेको छ । एक युवा, एक बिरुवा अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर बृहद् रुपमा वृक्षारोपण गरिने छ ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत नेपाल युवा परिषद्सँग गरेका समझदारी अनुरुप एक युवा एक बिरुवा अभियानमा प्रत्येक जिल्लाका १०० जना युवाले एक बिरुवा वृक्षरोपण गर्ने छन् र यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ ।
वृक्षारोपण गरिएका हरेक बिरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ । यस किसिमको जिम्मेवारी सहितको राष्ट्रिय स्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिचिश्त गर्ने विश्वास एनसेल र युवा परिषद्को रहेको छ ।
सामाजिक पहल अन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाहरुको प्रतिभा विकास लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ ।
नेपालका युवाका बृहत्तर विकास, नेतृत्व विकास, उद्यमशीलता विकास र सामाजिक रुपान्तरणमा एनसेल आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर नेपाल सरकार, नेपाल युवा परिषद र अन्य सरोकारवाला निकायसँग काम गर्दै आएको छ । सन् २०२४ को ‘अन्र्तराष्ट्रिय युवा दिवस २०२४’ मा पनि एनसेलको विशेष सहकार्य रहेको छ ।