विप्लवको बदका कारण खोटाङको जनजीवन प्रभावित «

विप्लवको बदका कारण खोटाङको जनजीवन प्रभावित

खोटाङ- सोमबार राति भएको एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ भन्दा आफु पहिलो नेपाल कम्युनिष्ट पार्टी दाबी गर्ने नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाको नेपाल बन्दले खोटाङको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण मंगलबार विहानदेखि खोटाङ सदरमुकाम दिक्तेलबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन ठप्प रहेका छन् । बन्दका कारण सवारीसाधन नचल्दा यात्रुहरुलाई समस्या भएको छ । कार्यकर्ता कोही बजारमा नदेखिए पनि विहानै स्वतः बन्द भएको बजार अर्ध खुल्ला अवस्थामा छन् । निजी तथा सामुदायिक विद्यालयहरु पूरै ठप्प छन् । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु भने खुल्लै छन् । विप्लवले गरेको वन्दको प्रभाव सडक र बजारमा कमै देखिए पनि शैक्षिक क्षेत्रमा भने व्यापक देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्