Logo

प्यारामाउन्ट मोटर्स र नबिल बैंकसँग साझेदारीको घोषणा

काठमाडौं- नेपालमा विद्युतीय गाडी वुलिङको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले आफ्ना समस्त ग्राहकहरूलाई उत्कृष्ट वित्तीय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको छ । वुलिङ बिङ्गो ईभीमा रुचि राख्ने नेपाली ग्राहकहरूको पहुँचमा पुर्‍याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

यो साझेदारीसँगै वुलिङ बिङ्गो ईभी परिवारमा सामेल हुन चाहने ग्राहकहरूले अब नबिल बैंकको उत्कृष्ट वित्तीय सुविधाहरूबाट लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ, जसमा सात वर्षसम्मको फ्लटिङ ऋण सुविधा र गाडीको मूल्यको ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा पाउनेछन् ।

त्यस्तै, ग्राहकहरूले ५ वर्षका लागि ९.९९ प्रतिशत र ७ वर्षका लागि १०.४९ प्रतिशतका स्थिर ब्याजदरहरू, वा आधार दर प्रिमियम मोडेलमा आधारित अस्थिर ब्याजदर (१-३ प्रतिशतको प्रिमियम र अघिल्लो तीन महिनाको औसत आधारदर) बीच छनोट गर्न सकिनेछ ।

कम्पनीका अनुसार, बैंकले व्यक्तिगत कर्जाका लागि भ्याट बिलको ८० प्रतिशतसम्म र फर्मका लागि ७० प्रतिशतसम्म फाइनान्सिङ गर्नेछ, जसको वित्तीय सीमा २५ लाख रुपैयाँ रहेको छ । अटो लोनको अवधि बैंकको नीतिअनुसार स्ट्यान्डर्ड लोन एड्मिनिस्ट्रेसन फिसहित अधिकतम ७ वर्षसम्म लम्बिन सक्नेछ ।

प्यारामाउन्ट मोटर्स प्रालिका प्रवक्ता भन्छन्, हामी हाम्रा ग्राहकहरूलाई वुलिङ बिङ्गो ईभीका लागि सहज र सुलभ वित्तीय सुविधाहरू प्रदान गर्न नबिल बैंकसँग साझेदारी गर्न पाउँदा हर्षित छौंँ । नेपालमा विद्युतीय गतिशीलता प्रवर्द्धन गर्न र वुलिङ बिङ्गो ईभीलाई सबैका लागि पहुँचयोग्य बनाउने हाम्रो मिसनमा यो सहकार्य एउटा कोसेढुङ्गा हो ।

चीनको गुआङ्सी, लिउझाउमा सन् १९२८ मा स्थापना भएको वुलिङले सेनाका उपकरणहरू मर्मत गर्नेदेखि विमान, खेती गर्ने मेसिन र ट्रयाक्टरहरू उत्पादन गर्ने काम गरेको थियो । १९८० को दशकमा मित्सुबिसीसँग साझेदारी गर्दै वुलिङ कम्पनी गाडी उत्पादनमा प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्