पोखरामा बम बिष्फोट, पत्रकार र प्रहरी घाईते

पोखरामा आज (मंगलबार) बम बिष्फोट हुदा एक पत्रकार र एक जना प्रहरी घाईते भएका छन। पोखराको विजयपुरमा आज करिब ११ः४० बजे बम विष्फोट हुाद पत्रकार घनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खबी घाईते भएका हुन ।
पत्रकार पाण्डेको घाँटी र टाउकोमा चोट लागेको छ भने प्रहरीको समेत शीररमा चोट लागेको छ । उनीहरुको हाल गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको पत्रकार सन्देस श्रेष्ठले बताए । उनका अनुसार संकास्पद बस्तु देखे पछि प्रहरीले घेरा हाल्दै गर्दा एक्कासि बम फिष्फोटन भएको हो ।
विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दका क्रममा पोखराको नागढुंगामा संकास्पद बस्तु देखे पछि नेपाली सेनाको बम डिस्पोजन टोलीले डिस्पोज गरेको छ । पोखरा एयरपोर्टमा रहेको कालिभन्जन गणको बम डिस्पोज गर्ने टोलीले उक्त बम डिस्पोज गरेसंगै बारुदको गन्ध आएको स्थानियले बताए । जेब्रा झोला भित्र टिफिनमा राखिएको संकास्पद बस्तु डिस्पोज गर्दा बम हुन सक्ने गरी गन्ध आएको टोलीमा खटिएका कालिभनजन गणका मेजर वल बहादुर थापाले बताए ।
पोखरा क्षेत्रमा बिहादै देखि फाट्य फुट्य सवारी साधनहरु चले पनि पोखराका विभिन्न उद्योग भन्दा कलकारखाना, पसलहरु, स्कुल तथा क्याम्पस पुर्ण रुपमा ठप्प रहेकाछन।