Logo

मापइका उत्पादन पूर्वाधार निर्माणमा सहयोगी

काठमाडौं- भारतीय कम्पनी मापइ इण्डियाले पूर्वाधार निर्माणका क्षेत्रमा प्रयोग हुने विभिन्न किसिमका उत्पादन नेपाली बजारमा ल्याएको छ । भेनस कन्ट्रक्सन एण्ड वाटर पु्रफिङ नेपालसँगको सहकार्यमा मापइका उत्पादन नेपाली बजारमा ल्याइएको हो ।

चार पाँच वर्षदेखि नेपाली बजारमा यो कम्पनीका वस्तुहरु बिक्री वितरण भइरहेका छन् । जलविद्युत क्षेत्रसहित अन्य भौतिक पूर्वाधार निर्माणमा मापइका उत्पादन प्रयोग हुँदै आएका छन् । करिव ८६ वर्ष अघि युरोपको इटलीमा मापइ कम्पनी स्थापना भएको थियो । यो कम्पनीका उत्पादन अहिले ५७ मुलुकमा पुगेका छन् । मापइले केही वर्षअघि भारतमा आफ्नो उत्पादन सुरु गरेको थियो । नेपालमा मुख्यगरी भारतमा उत्पादित वस्तुहरु आउने गरेका छन् ।

मापइ इण्डियाका प्राविधिक तथा इन्जिनियरहरुले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा मापईद्वारा उत्पादित वस्तु तथा सेवाका बारेमा सरोकारवालालाई जानकारी दिएका थिए । कार्यक्रममा भेनसका प्रबन्ध निर्देशक शम्भुप्रसाद अमागाईले मापइ जस्तो विश्व प्रशिद्ध कम्पनीका सामान नेपाली बजारमा प्रयोगमा ल्याउन सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । मापईका उत्पादनहरु उच्च गुणस्तरीय हुने भएकाले नेपालको पूर्वाधार क्षेत्रमा यसले ठूलो सहयोगी भूमिका निर्वाह गरिरहेको अमागाईले जानकारी दिए ।

यस्तै मापइ इण्डियाका प्रबन्ध निर्देशक सञ्जय भल्लाले वस्तुको गुणस्तरमा कम्पनीले कुनै पनि किसिमको सम्झौता नगर्ने जानकारी दिए । उनले मापइले पूर्वाधार निर्माणका क्षेत्रमा कस्ता कस्ता वस्तु उत्पादन गर्दै आएको छ भन्ने बारेमा जानकारी दिएका थिए । उनका अनुसार मापइका सबै उत्पादनले भारत सरकारका निकायहरुबाट गुणस्तरीयताको प्रमाणपत्र पाएका छन् । यो कम्पनीले वाटर प्रुफिङसहित धेरै किसिमका वस्तु उत्पादन गर्दै आएको र ती नेपालको पूर्वाधार निर्माणमा प्रयोग हुन सके मुलुकले थप लाभ उठाउन सक्ने भल्लाले बताए ।

कार्यक्रममा पूर्व सचिव किशोर थापाले नेपालमा रहेका सिभिल निर्माणका समस्या समाधान गर्न मापइका उत्पादनले ठूलो सहयोग पुर्‍याउन सक्ने बताए । उनले विश्का अन्य मुलुकका तुलनामा नेपालको भौगोलिक बनावट भिन्दै किसिमको रहेको भन्दै मापइका वस्तु प्रयोग गर्नु अगाडि इन्जिनियर वा अन्य प्राविधिकसँग सल्लाह लिन सुझाव दिए ।

पूर्व सचिव थापाले ठूला साना योजनाहरुमा पानी रसाउने, क्रयाक आउने जस्ता सामान्य किसिमका समस्याको पनि समाधान गर्न कठिन भइरहेका बेला मापइका उत्पादनले सहयोग पुर्‍याउने जानकारी दिए । मापइ इण्डियाका इन्जिनियरले कम्पनीले उत्पादन गर्ने विभिन्न वस्तु र तिनको गुणस्तर र प्रदान गर्ने सेवाका बारेमा थप जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्