एलजीको नयाँ योजना सार्वजनिक

काठमाडौं– यस पटकको टी२० क्रिकेट वल्र्डकप २०२४ अमेरिका र वेष्ट इण्डिजमा जेठ २० गतेबाट सुरु हुँदैछ जसमा नेपाल सन् २०१४ पछि दोस्रो पटक भाग लिँदैछ ।
नेपाली क्रिकेट टिम केही समयदेखि क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आएको छ । यस पटक नेपाली टिमले टी२० क्रिकेट वल्र्डकपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ । नेपाली क्रिकेट टिमको र सम्पूर्ण वल्र्डकप म्याच घरमै बसी बसी हेर्न अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले ‘खेल्छ नेपाल घर घरमा’ नामक योजना अघि सारेको छ ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले एलजी टीभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्याशब्याक र उपहार पनि जित्न सक्नेछन् । योजना अनुसार कुनै पनि एलजी टीभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र एक लाखको व्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ । साथै एलजी ओलेड टीभी वा ८६ इन्चको टीभी खरिदमा एलजी साउन्डबार एसएन फोर उपहार सित्तैमा पाइनेछ ।
कम्पनीका अनुसार ३२ इन्चदेखि ८६ इन्च साइजसम्ममा उपलब्ध एलजीका टीभी ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन् । एलजीका क्युनेड टीभी, यूक्यू र यूआर सिरिज अन्तर्गतका युएचडी टीभीहरूमा ३ वर्षको फुल वारेन्टी रहेको छ । कुनै पनि एलजी टीभीको खरिदमा एक लाखको दुर्घटना बीमा पनि प्राप्त गर्न सकिनेछ । ग्राहकले यो बीमामार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ति दाबी गर्न सक्ने कम्पनीले जनाएको छ ।