Logo

ग्लोबल रम एम्बेसेडर इयान बरेल नेपाल आउने

काठमाडौं– नेपालको रम ब्राण्ड खुकुरीले रम प्रवर्द्धनका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलो पटक सहकार्य गरेको छ । बेलायती मुलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञतासहित तीन दशकभन्दा बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउने सर्वसम्मानित व्यक्ति हुन् ।

आगामी जुन ३ र ४ मा आयोजना हुने यो कार्यक्रमले ग्लोबल रम एम्बेसडरमार्फत नेपाली ब्राण्ड खुकरी रम र यसको विशुद्ध नेपाली स्वाद प्रस्तुत गर्दै विश्वसामु नेपाली उत्पादन र शिल्प प्रवर्द्धन गर्ने बताइएको छ । इयान बरेलले आफ्नो मिक्सोलोजी, रम–उत्पादन, रम उद्योगका पछिल्ला प्रवृत्तिमा आफ्नो अनुभवबाट ज्ञानवर्द्धक कुरा मास्टरक्लासमार्फत प्रस्तुत गर्नेछन् ।

प्रशिक्षात्मक कार्यक्रममा सहभागी हुनेले रम टेस्टिङ, नेटवर्किङ आदिको अनुभव लिन सक्नेछन् । यो कार्यक्रम, नेपाली रम पारखी तथा विशेषतः बारटेण्डरलाई अन्तर्राष्ट्रिय उद्योगको बारेमा जानकारी लिने, सीप अभिवृद्धि गर्ने र नेटवर्क बनाउने सही अवसर रहेको आयोजकको दावी छ ।

प्रतिक्रिया दिनुहोस्