इसेवाको ब्राण्ड इण्डोर्सरमा व्याडमिन्टनका दाहाल
काठमाडौं– भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई आफ्नो ब्राण्ड इन्डोर्सरको रूपमा आबद्ध गरेको छ । दाहाल, ओलम्पिकमा ब्याडमिन्टन खेल खेल्ने पहिलो नेपाली रहेका छन् ।
सन् २०१९ मा जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्न सफल भएका प्रिन्सले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि अब्बल खेलाडीका रूपमा स्थापित गरिसकेका छन् । इसेवाले यसअघि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई ब्राण्ड इण्डोर्सरको रूपमा आबद्ध गरेको थियो ।
इसेवाको प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले, राष्ट्रिय गौरव दाहालसँग सहकार्य गर्न पाएकोमा हर्ष व्यक्त गर्दै आउने पेरिस ओलम्पिक २०२४ का लागि दाहाललाई शुभकामना दिए । आगामी दिनमा पनि विभिन्न विधाका खेलाडीलाई निरन्तर प्रोत्साहन तथा आवश्यक सहयोग गर्ने लक्ष्यमा इसेवा दृढ रहेको प्रमुख कार्यकारी निर्देशक खड्काले बताए ।