Logo

आमादब्लम जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापक सिद्धार्थ बैंक

काठमाडौं– सिद्धार्थ बैंकले सोलुखुम्बुको पाङ्बोचेमा आमादब्लम मिनी हाइड्रोद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

सो सम्बन्धी सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, आयोजना कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत् प्राप्त हुने आर्थिक सहयोगमा सम्पन्न हुने उक्त आयोजनामा सिद्धार्थ बैंकले विश्व बैंकबाट प्राप्त हुने ऋण रकम र बेलायती सरकारद्वारा आर्थिक सहयोगको रूपमा प्राप्त हुने च्यालेन्ज फण्ड प्रवाह गर्न साझेदार बैंकको रूपमा भूमिका निर्वाह गर्नेछ । चोलुन्चे खोलाको पानी प्रयोग गरी निर्माण हुन गइरहेको उक्त आयोजना चार हजार ४२३ मिटर उचाइमा रही संसारकै अग्ला स्थानमा रहेका जलविद्युत आयोजनामध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस्