लक्ष्यभन्दा बढी राजश्व संकलन «

लक्ष्यभन्दा बढी राजश्व संकलन

सानो भ-याङस्थित प्रदेश नं ३ को यातायात व्यवस्था कार्यालयले आव २०७५-०७६ मा एक अर्ब ४७ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले एक अर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएकामा थप रु ४७ करोड वृद्धि भएको जनाएको हो । सवारी साधन कर संकलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व संकलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए ।
आर्थिक् वर्ष २०७६-०७७ को कात्तिक २० गतेसम्म ६० करोड ६४ लाख ४३ हजार रुपैयाँ राजश्व उठेको र सेवाग्राहीको चाप वृद्धि हुँदै गएकाले उनीहरुलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न जनशक्तिको अभाव रहेको कार्यालयले जनाएको छ । दैनिक सेवाग्राहीको भीड लाग्ने उक्त कार्यालयले नौ मात्र कर्मचारी रहेकाले १३ कर्मचारी थप गर्न माग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्