Logo

मन्त्री अर्याल र इजरायल एसिया चेम्बरका प्रतिनिधिबीच छलफल


काठमाडौं– इजरायल एसिया चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालसँग छलफल गरेको छ । इजरायलबाट आएको १८ सदस्यीय महिला उद्यमीको टोलीले बिहीबार सिंहदरवारमा मन्त्री अर्यालसँग विभिन्न विषयमा छलफल गरेको हो ।

त्यस अवसरमा टोली प्रमुख अनात बर्नस्टेन रिचले नेपाल र इजरायलबीचको व्यावसायिक अवसर खोज्न टोली काठमाडौंमा आएको जानकारी दिइन् । यसअघि उक्त प्रतिनिधिमण्डलले नेपाल चेम्बर अफ कमर्ससँग भेट गरी आपसी व्यापार विकासका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

यस्तै यसअघि कोभिड–१९ को महामारीका बेला दुवै पक्षबीच नेपाल–इजरायल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग एमओयूमा हस्ताक्षर गरेका थिए । मन्त्री अर्यालसँग भएको छलफल इजरायलमा निर्माण, कृषि, उद्योग, हेरचाह जस्ता क्षेत्रमा थप नेपाली कामदार पठाउने विषयमा केन्द्रित थियो ।

त्यस अवसरमा बर्नस्टेन रिचले कामदार पठाउने प्रक्रियालाई सहज बनाउन जोड दिइन् । उनले मन्त्री अर्याललाई यस्ता अवसरको थप अध्ययन गर्न इजरायल भ्रमणको निम्तो समेत दिइन् । नेपाल–इजरायल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष शिशिर भट्ट पनि उक्त छलफलमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्