Logo

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक–सधैं अन

काठमाडौं– एनसेलका ग्राहकले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्ने भएका छन् । आम मानिसलाई मोबाइल डेटामार्फत सधैं अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिवद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क उल्लेख्य रुपमा घटाउँदै शुल्क परिमार्जन गरेको छ ।

एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्याण्ड रहेका छन् । परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको हो । यो डेटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरु पाइन्छ र जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु पर्दैन ।

डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले कर सहित दैनिक मात्र रु. ७९.८८ मा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन् । यो शुल्क यस अघिको दैनिक रु. १९०.१८ को तुलनामा ५८ प्रतिशतले कम हो । त्यस्तैगरी चीन, बेलायत र थाइल्याण्ड भ्रमणमा जाने एनसेलका ग्राहकहरुले कर सहित मात्र रु १९०.१८ मा प्रति दिन डेटा सेवाको फाइदा लिन सक्छन् ।

परिमार्जन अघि यी गन्तव्यहरुमा दैनिक डेटा रोमिङको शुल्क रु. ६३३.९३ रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ । ग्राहकले ८१७१२९८२३ डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सुचारु गर्न सक्छन् । प्रिपेड ग्राहकले ८१२३३ डायल गरी यो प्याक सजिलै लिन सक्छन् ।

त्यस्तै इच्छुक ग्राहकले एनसेल एप वा एनसेलको वेबसाइटबाट पनि प्याक लिन सक्ने सुविधा रहेको छ । ग्राहकहरुले देशभित्र वा नेपाल बाहिर रहँदा पनि विभिन्न वालेटमार्फत सजिलै ब्यालेन्स रिचार्ज गरेर डेटा प्याक खरिदका साथै अरु कार्य गरि सधैं कनेक्टेड रहन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्