Logo

निम्बस र केबी एग्रोबीच सम्झौता

काठमाडौं– पोल्ट्री उत्पादनको बिक्री वितरणमा संलग्न के.बी. एग्रो एण्ड रिसर्च कम्पनी र शक्ति ब्राण्डमा पेलेट फिडसमेत उत्पादन गर्दै आएको निम्बस ग्रुपबीच सम्झौता भएको छ ।

धादिङको धुनिबेसीमा रहेको पोल्ट्री प्रोसेसिङ उद्योग र पेलेट फिडसमेत उत्पादन गर्दै आएको निम्बस ग्रुपले कुखुराजन्य वस्तुको बजार व्यवस्थापनमा साझेदारी गर्ने भएका छन् । सो सम्बन्धी सम्झौतामा निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया र के.बी. एग्रोका अध्यक्ष केशवराज थापाले हस्ताक्षर गरेका छन् । के.बी. एग्रोका अध्यक्ष थापा नेपाल पेलेट फिड र जानुका ह्याचरीका सञ्चालक समेत हुन् ।

यो सहकार्यबाट साझेदारीमा संलग्न उद्योगी मात्र नभएर कुखुरा पालक किसान र उपभोक्तासमेत लाभान्वित हुने अपेक्षा गरिएको छ । साझेदारी अन्तर्गत गुणस्तरीय दाना आपूर्ति, मासु र अण्डा उत्पादन तथा बजार व्यवस्थापन मासुको हकमा शक्ति मिट र अन्य परिकारको हकमा इट फस्र्टको नामले हुनेछ ।

के.बी. एग्रोसँगको सहकार्यसँगै गुणस्तरीय उत्पादनमा ख्याती कमाएको निम्बस पोल्ट्रीजन्य कारोबारमा प्रवेश गरेको छ । कुखरा उत्पादन, सही मूल्यमा गुणस्तरीय दानाको उपलब्धता र बजारमा उचित मूल्यमा उच्च गुणस्तरको पोल्ट्रीजन्य वस्तुको उपलब्धता सुनिश्चित गर्न दुई समूहले साझेदारी गरेको सम्झौतापछि के.बी.एग्रोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्