मुक्तिनाथ विकास बैंक र दीर्घायु पोखरा अस्पतालबीच सम्झौता

काठमाडौं– मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन कास्कीको पोखरा–८, पृथ्वीचोकमा रहेको दीर्घायु पोखरा अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
यस व्यवसायिक सम्झौतापछि बैंकका ग्राहकले अस्पतालको विभिन्न सेवा अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधि, आदिमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।