Logo

इसेवाको सद्भावना दूतमा सुमन कार्की

काठमाडौं– भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले कलाकार सुमन कार्कीलाई सद्भावना दूत नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतामा इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार कार्की हस्ताक्षर गरेका छन् ।

कम्पनीका चिफ बिजनेस अफिसर गौतमले इसेवाको आगामी दिनमा हुने प्रचारप्रसारको क्रममा कार्कीको महत्वपूर्ण भूमिका हुने बताए । कमेडी च्याम्पियनबाट हास्य कला क्षेत्रमा प्रवेश गरेका कार्की नेपाली हास्यव्यंग्य क्षेत्रमा छोटो समयमै लोकप्रिय बनेका छन् ।

इसेवाले गर्ने विभिन्न कार्यक्रम तथा योजनामा आफ्नो कलामार्फत ग्राहकलाई मनोरञ्जनात्मक शैलीद्वारा प्रचार गर्ने कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्