Logo

गार्डियन माइक्रो लाइफको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं– गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न कुमारी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा गार्डियन माइक्रोलाइफका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सुरक्षित भोलिको लागि स्मार्ट लगानी भन्ने उदेश्यका साथ स्थापित गार्डियन माइक्रो–लाइफ इन्स्योरेन्स नेपालको पहिलो पूर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुजीवन बीमा कम्पनी हो । यसमा १४ हजार भन्दा बढी पोलिसी होल्डर तथा ५०० भन्दा बढी एजेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्