Logo

एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं– नेपाल एसबिआई बैंकले नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ । यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंक ग्राहकले नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) को माध्यमबाट भारतमा रहेको आफ्नो बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

त्यसैगरी, भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) को माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खातामा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् । उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पण्डा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा एनसीएचएलका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी र व्यवसाय प्रवद्र्धन अधिकृत, मनिषकुमार पटेल तथा बैंकका प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याललगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्