एनआईसी एशियाको प्रादेशिक कार्यालय आफ्नै भवनमा

काठमाडौं– एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ ।
यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा नवनिर्मित भवनमा स्थानान्तरण भई कारोबार सञ्चालनमा ल्याइएको हो ।
नवनिर्मित भवनमा ग्राहकले क्यास डिपोजिट, किओस्क मेसिन, क्यास रिसाइक्लर मेसिनलगायत अत्याधुनिक डिजिटल बैंकिङ कारोबार गर्न बेग्लै डिजिटल बैंकिङ हलसमेत सञ्चालनमा ल्याएको छ ।