Logo

महानगरविरुद्ध सडकमा उत्रिए न्युरोडका स्थानीय (तस्बिरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिकाको योजनाको स्थानीयले विरोध गरेका छन् । काठमाडौंको व्यापारिक केन्द्र न्युरोडको सडकलाई साँघुरो पार्ने महानगरपालिकाको योजनाको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर सांकेतिक प्रदर्शन गरेका हुन् । ‘नयाँ सडक बचाऊ’ भन्ने ब्यानर लिएर स्थानीय विरोधमा उत्रिएका छन् ।

महानगरपालिकाले अनुमति बिना न्युरोडको सडक काट्ने काम गरेको भन्दै विभाग अन्तरगतको डिभिजन कार्यालयले महानगरको सडक काट्ने मेसिन जफल गरेको थियो । यसअघि मेयर बालेन्द्र (बालेन) शाहले विभागको कार्यालय अगाडि एक ट्रक धुलो लगेर फालिदिएका थिए । उक्त विषयलाई लिएर महानगरपालिका र सडक विभागबीच विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्