Logo

नयाँ फिचरसहित टिकटकले बढायो सुरक्षा

काठमाडौं– टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्समा अपडेटहरु गर्दै क्रियेटरलाई सशक्तिकरण गर्न नयाँ सुविधा ल्याएको छ । मे १७ देखि लागू हुने यी अपडेटमा स्पष्ट परिभाषा, नीति बुझ्नका लागि नयाँ सुविधा र अकाउन्ट स्टेटस अनुगमनका लागि सुधारिएका टुलहरू समावेश रहेको बताइएको छ ।

टिकटकले हेट स्पीच, स्वास्थ्य सम्बन्धी गलत जानकारी र कन्टेन्ट मोडेरेसन सम्बन्धी नीतिमा स्पष्ट परिभाषा र थप विस्तृत जानकारी प्रदान गर्न आफ्नो कम्युनिटी गाइडलाइन्स परिमार्जन गरेको हो । यी परिवर्तन टिकटकको नियम र प्रवर्तन प्रक्रियाबारे प्रयोगकर्ताको बुझाइ र पारदर्शितामा सुधार गर्न डिजाइन गरिएको बताइएको छ ।

फर यू फिडमा सुरक्षाको अनुभव सुनिश्चित गर्न टिकटकले नयाँ इलिजिबिलिटी मापदण्ड लागू गरेको जनाएको छ । यी स्ट्याण्डर्डहरु उल्लंघन गर्ने खालका कन्टेन्ट बारम्बार पोस्ट गर्ने क्रियेटरका अकाउन्ट फर यू फिडमा सिफारिसको लागि अस्थायी रूपमा अयोग्य हुनेछन् । यसका साथै तिनीहरूको कन्टेन्ट सर्च रिजल्टमा कम देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्