Logo

पिपुल्स डेन्टल कलेज र एसबिआई मर्चेण्टबीच सम्झौता

काठमाडौं– पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच व्यावसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा कलेजका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्द र मर्चेण्टका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरेका छन् ।

सहमति अनसार एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालय तथा नेपाल एसबिआई मर्चेण्टको कार्यालयबाट नयाँ डिम्याट खाता खोल्दा वा डिम्याट खाता सञ्चालन गरिरहेका सेवाग्राहीले दन्त परीक्षण निःशुल्क, दाँत सफा गर्दा २० प्रतिशत, दाँत निकाल्ने र दाँत भर्दा १५ प्रतिशत तथा दाँत सम्बन्धी अन्य सेवामा ५ प्रतिशत छुट पाउने छन् ।

त्यसैगरी जनरल अस्पताल, नयाँबजारले सञ्चालन गर्ने सेवामा परीक्षण निःशुल्क पाइनुका साथै, बेड चार्जमा १५ प्रतिशत तथा ल्याब, भिडियो एक्स् रे, ईसिजी र ओटीमा क्रमशः १० प्रतिशत छुट प्रदान गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्