आईसीएफसी फाइनान्सको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं– आईसीएफसी फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र ‘९% आईसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ निष्काशन गर्ने भएको छ ।
कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौता पत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ ।