एन आई सी एशिया लघुवित्तको सञ्चालकमा सिग्देल

काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन् । नव नियुक्त सञ्चालक सिग्देलले संस्थाका अध्यक्ष सुवर्ण पौडेलसमक्ष शपथ ग्रहण गरी पद बहाली गरेका छन् ।
करीब १० वर्ष लेखापरीक्षण, बीमा तथा वित्तीय क्षेत्रमा कार्यानुभव भएका सिग्देल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उनको अनुभवबाट लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त बनाउन थप सहयोग पुग्ने विश्वास लिएको बताइएको छ ।