हेनरी फोर्ड र फोर्ड मोटरको स्थापना

कुनै बेला अमेरिका, युरोप र अस्ट्रेलियामा कारको पर्यायवाचीका रूपमा फोर्ड अर्थात् कार भनेकै फोर्ड भनेर चिनिन्थ्यो । हेनरी फोर्ड अमेरिकी उद्योगपति र व्यवसायी हुन् । उनले नै फोर्ड मोटरको स्थापना गरेका थिए । उनले मध्यमवर्गीय अमेरिकीलाई विचार गरेर अटोमोबाइल्स बनाएका थिए । उनको यो व्यवस्थालाई फोर्डिजम भनिन्थ्यो । उनले १९११ मा रूपान्तरित संयन्त्रको पेटेन्ट पाएका थिए र यसलाई मोडल टी र अन्य अटोमोबाइल्सका लागि प्रयोग गरेका थिए ।
उनको जन्म मिचिगनको स्प्रिङवेल टाउनसिपमा भएको थियो । उनले १६ वर्षको उमेरमा नै घर छोडेर आज हामीले भन्ने गरेको मोटर कारको सहर डेट्रोइटमा गएर काम गर्न थालेका थिए । यो फोर्डले पहिलो पटक अटोमोबाइल्स सुरु गरेको केही वर्षअगाडि थियो । १८८० को दशकको पछिल्लो आधा अवधिमा उनले मर्मत र पछि इन्जिनको निर्माण सुरु गरे । १८९० को दशकदेखि एडिसन इलेक्ट्रिकको विभागमा काम गरे । सुरुमा व्यवसायमा असफल भएका उनले १९०३ मा फोर्ड मोटर कम्पनीको स्थापना गरेका थिए । व्यवसायमा असफल भए पनि उनी अटोमोबाइल निर्माणमा भने सफल भए ।
फोर्ड मोडल टीको सुरुवातलाई यातायात र अमेरिकी उद्योगको क्रान्तिका रूपमा हेरिएको छ । फोर्ड मोटर कम्पनीको एकल मालिक फोर्ड विश्वकै एक धनी व्यक्तिका रूपमा उदाए । उनी सातामा पाँच दिन मात्रै काम सुरु गर्ने व्यक्ति पनि हुन् । उपभोगले विश्व शान्ति ल्याउँछ भन्ने विश्वास उनमा थियो । व्यवस्थित रूपमा लागत कटौती गर्ने उनको प्रतिबद्धताले प्राविधिक र व्यवसायिक आविष्कारमा रङ देखायो । यसमा अधिकार प्रत्यायोजनको कुरा पनि थियो, जसले उत्तर अमेरिका र ६ महादेशका प्रमुख सहरहरूमा कारको डिलरसिपलाई पनि सहयोग गर्यो ।
पहिलो विश्वयुद्धको पहिलो वर्षमा फोर्डलाई उनले शान्त बनाइराखे । किनकि विश्वयुद्धको समयमा उनको कम्पनी प्रमुख हतियार आपूर्तिकर्ता बन्यो । उनले फोर्डलाई १९४५ मा आफ्ना नाति हेनरी फोर्ड द्वितीयको नाममा नामसारी गरे । १९४७ मा मृत्यु हुनुअगाडि आफ्नो धेरैजसो सम्पत्ति फोर्ड फाउन्डेसनमा राखे र कम्पनी उनको परिवारले सम्हाले ।
हेनरी फोर्ड १८६३ जुलाई ३० मा जन्मिएका थिए । उनको उद्भव थलो भने आयरल्यान्ड थियो । उनका बुवा विलियम फोर्ड आयरल्यान्डको काउन्टी कोर्कका थिए । फोर्डले ८ कक्षा वान–रुम–स्कुलबाट सकाएका थिए । उनी माध्यमिक विद्यालयमा कहिले पनि गएनन् र पछि उनले बुक किपिङ कोर्स एक नाफामुखी विद्यालयबाट पूरा गरे । आमाको १८७६ मा निधन भएपछि फोर्ड विक्षिप्त भएका थिए । उनका बुबाले उनले कृषि पेसा सम्हालून् भन्ने अपेक्षा गरेका थिए । तर, उनले यो पेसालाई घृणा गरे ।
उनी सन् १८७९ मा घर छोडेर डेट्रोइटमा प्राविधिकको काममा लागे । १८८२ मा फेरि पारिवारिक कृषिमा काम गर्न डिबर्नमा फर्के । त्यहाँ उनलाई वेस्टिङहाउस पोर्टेबल स्टिम इन्जिन चलाउने काममा लगाइयो । पछि उनलाई वेस्टिङहाउसले उनीहरूको वाष्प इन्जिन चलाउनका लागि लिइयो ।
१८९१ मा फोर्ड डेट्रोइटको एडिसन इलुमिनेटिङ कम्पनीमा इन्जिनियर भए । १८९३ मा प्रमुख इन्जिनियर भएपछि पेट्रोल इन्जिनका लागि काम गर्न उनलाई समय प्रशस्त भयो । आपैmं गुड्ने सवारी साधनको पूर्णताले उनको परीक्षणले १८९६ मा सफलता पाएको मान्न सकिन्छ । यसलाई उनले फोर्ड क्वाड्रिसाइकलको नाम दिएका थिए । उनले यसलाई सोही वर्षको जुन ४ मा परीक्षणका रूपमा चलाएका थिए । परीक्षणका रूपमा धेरै गुडाइएपछि उनले यसलाई क्वाड्रिसाइकलको रूपमा सुधारे । पहिलेका रेसिङ साइक्लिस्ट टम कुपरसँग समूह बनाएर फोर्डले ८० प्लस हर्सपावर रेसर ९९९ को उत्पादन गरे ।
माल्कोम्सनले लगानीकर्ताहरूको अर्को समूहलाई आश्वस्त पारे र नयाँ कम्पनीको एक अंश लिनका लागि डज ब्रदर्सलाई मनाए । फोर्ड र माल्कोम्सनले १९०३ को जुन १६ मा २८ हजार डलर पुँजीको सहकार्य गरे । यसका प्रमुख लगानीकर्ताहरूमा फोर्ड एन्ड म्याल्कोम्सन, द डज ब्रदर्स, माल्कोम्सनका काका जोन एस ग्रे, माल्कोम्सनका सेक्रेटरी जेम्स कुजेन र म्याल्कोम्सनका वकिलहरू जोन डब्लू एन्डर्सन र होरेस र्याकाम थिए । फोर्डले लेक सेन्ट क्लेरमा नयाँ कार प्रदर्शन गरे । ३९.४ सेकेन्डमा १.६ माइल कुदाएर देखाए ।
१९०९ मा फोर्डले नयाँ प्रसारण संयन्त्रको आविष्कारका लागि पेटेन्ट आवेदन दिए । यसलाई १९११ मा पेटेन्टको अधिकार दिइएको थियो । १९०८ को अक्टोबर १ मा मोडल टीको सु्रुवात भएको थियो । यसको बायाँपट्टि स्टेरिङ ह्विल थियो । पछि अन्य कम्पनीहरूले पनि यसको नक्कल गरेका थिए । समग्र इन्जिन र रूपान्तरणलाई यसमा समावेश गरिएको थियो । चार सिलिन्डर राखिएको थियो । सस्पेन्सनमा दुई स्प्रिङ प्रयोग गरिएको थियो । चलाउन कार अत्यन्त सामान्य थियो र मर्मतका लागि सस्तो तथा सहज थियो । १९०८ मा यसको मूल्य ८२५ डलर थियो । प्रत्येक वर्ष मूल्य घट्दो क्रममा गयो र यसैले १९२० को दशकमा बहुसंख्यक अमेरिकीले मोडल टीको कार चढ्न सक्ने भएका थिए ।
फोर्डले सबै अमेरिकी अखबारले समाचार र विज्ञापन छापून् भनेर डेट्रोइटमा प्रचार नै गरेको थियो । अमेरिकाका सबै सहरमा फोर्डको स्थानीय डिलरहरूसँगको नेटवर्क बनेको थियो । स्वतन्त्र डिलरहरूले फोर्डलाई मात्र नभएर अटोमोबाइलिङको अवधारणालाई नै प्रचार गर्यो । गाउँगाउँमा पनि नयाँ सवारी धनीहरूलाई प्रोत्साहित गर्यो । फोर्ड किसानहरूलाई बिक्री गर्न पनि इच्छुक थियो । उनीहरू सवारी साधनलाई आफ्नो व्यवसाय विस्तारको माध्यमका रूपमा लिन चाहन्थे । बिक्री अकासियो । कैयौं वर्ष अगाडिका वर्षको तुलनामा १ सय प्रतिशत नाफा भयो । १९१३ मा फोर्डले चलायमान एसेम्बली बेल्टलाई आफ्नो प्लान्टमा सुरुवात गर्यो, जसले उत्पादनमा व्यापक वृद्धि गरायो । यसको श्रेय फोर्डलाई गए पनि यसको अवधारणा र विकास कामदारहरू क्लेरेन्स अमेरी, पिटर ई मार्टिन, चार्ल्स ई सोरेन्सेन र सी ह्यारोल्ड विल्सले गरेका हुन् ।
१९१४ मा बिक्री २ लाख ५० हजार नाघेको थियो । सामान्य घुमफिरको कारको मूल्य ३ सय६० डलरमा झरेपछि बिक्री ४ लाख ७२ हजार पुगेको थियो । १९१८ मा अमेरिकामा रहेका समग्र कारको आधा मोडल टी थियो । सबै नयाँ कार काला रङका थिए । फोर्डले लेखेको आफ्नो जीवनीमा कारको रङ कालो भए पनि कुनै पनि उपभोक्ताले कुनै पनि अन्य रङका कार किन्न सक्ने बताएका छन् । एसेम्बली लाइनको विकाससम्म मात्र कालो रङको कार उत्पादन गर्ने अधिकार दिइएको थियो । मोडल टी अन्य रङमा पनि उपलब्ध थिए । यसमा रातो पनि थियो । फोर्डले आरक्षण गरेको उत्पादन १९२७ सम्म जारी रह्यो । अन्तिम कुल उत्पादन १ करोड ५० लाख ७ हजार ३४ थियो । यो रेकर्ड यसको ४५ वर्षसम्म कायम रह्यो र पहिलो मोडल टीको सुरुवात भएको १९ वर्षमा यो हासिल भएको थियो ।
हेनरी फोर्डले फोर्ड मोटर कम्पनीको अध्यक्षता १९१८ को डिसेम्बरमा आफ्ना छोरा एडसेल फोर्डलाई हस्तान्तरण गरेका थिए । अन्तिम निर्णय गर्ने अधिकार उनले आपूmसँगै राखेका थिए र कहिलेकाहीँ छोराको निर्णयलाई पनि उनले उल्ट्याउने गरेका थिए । फोर्डले अर्को कम्पनी हेनरी फोर्ड एन्ड सन सुरु गरे र आफूलाई कसरी लिने भन्ने कुरा उनले आफ्ना राम्रा कामदारलाई नयाँ कम्पनीमा देखाएका थिए ।