मुलपानीमा निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकास्थित मुलपानीमा रहेको प्रारम्भ एकेडेमीमा बृहत् निःशुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । उक्त शिविरमा पाँच सयभन्दा बढीले आँखाको निःशुल्क परीक्षण गरेको र ८ जनामा मोतियाबिन्दुको लक्षण देखा परेको प्रारम्भ एकेडेमीका डाइरेक्टर राजेस घिमिरेले जानकारी दिए ।
उपचारमा मोतियाबिन्दुको लक्षण देखिएकाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी चिकित्सकको सल्लाह अनुसार सम्बन्धित अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिने कागेश्वरी ओपन स्काउट ट्रुपका प्रशिक्षक शैलेन्द्र पण्डितले बताए । निःशुल्क आँखा शिविर परीक्षणमा वृद्धवृद्धा, बालबच्चा, युवाहरुको पनि उल्लेख्य देखिन्थे ।
त्यस्तै गरी समाजसेवी प्रभु भण्डारीले यस निःशुल्क आँखा शिविरले समाजमा एउटा सकरात्मक सन्देश दिने मात्र नभएर बिरामीहरुको पहिचान गरी लाभ लिनको लागि सुवर्ण अवसर भएको समेत बताए ।