Logo

होटल व्यावसायी पन्त रास्वपा पर्साको संयोजक

वीरगन्ज- होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष बुद्धिप्रसाद पन्त (हरि) लाई राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको संयोजकको जिम्मेवारी दिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेश सदस्यमा केही दिन अघि मात्रै निर्वाचित भएका पन्तलाई पार्टीका महामन्त्री डा मुकुल ढकालले पर्साको संयोजकको जिम्मेवारी दिएका हुन् ।

यसअघि वीरगन्ज महानगरको संयोजक चयन गर्नका लागि गत २०८० पुष २८ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वीरगञ्ज महानगर भेला आयोजना गरेको थियो । केही व्यक्तिहरुले उनलाई महानगरको संयोजक हुन नदिन भेला भाँडेपछि अन्तिम समयमा आएर सूचना टाँस गरेर स्थगित गरिएको थियो । होटल व्यवसायी माहासंघ नेपालका केन्द्रीय सचिव समेत रहेका उदीयमान व्यवसायी पन्त वीरगंज उद्योग वाणिज्य संघको कार्यकारिणी समितिमा सदस्य समेत रहेका छन् ।

उनी होटल, पार्टी प्यालेस र मार्ट लगायत व्यवसाय गर्दै आएका व्यक्ति हुन् । सम्बन्धित जिल्लामा रहेका प्रदेश सदस्य मध्येबाट एक जना जिल्ला संयोजक र एक जना जिल्ला उपसंयोजक निर्वाचित हुने व्यवस्था पार्टीको विधानमा रहेको छ । सोही व्यवस्था अनुसार पन्तलाई सर्वसम्मत रूपले जिल्ला संयोजक चयन गरेको हो ।

जिल्ला संयोजक हुन सम्बन्धित जिल्लाको सम्पूर्ण निर्वाचित क्षेत्रीय पदाधिकारी, प्रतिनिधि र गठित पालिका पदाधिकारीहरुको मतले प्रदेश सदस्यमा निर्वाचित भएर आउनैपर्ने बाध्यकारी व्यवस्था रहेको छ । त्यस अनुसार नै उनी डेढ महिना अघि दुई तिहाइ भन्दा बढी मतका साथ विजयी भएका थिए । माहामन्त्री ढकालको विशेष उपस्तिथिमा पन्तलाई संयोजक चयन गरिएको पत्र हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्