अशोक लेल्यान्ड‘ट्रक अफ द इअर २०१८’ «

अशोक लेल्यान्ड‘ट्रक अफ द इअर २०१८’

अशोक लेल्यान्ड ३७१८ प्लस एचसीभी ‘ट्रक अफ द इअर २०१८’ बाट सम्मानित भएको छ । फ्लाईह्विल नामक दक्षिण भारतमा अवस्थित अटोमोटिभ मिडिया कम्पनीले अशोक लेल्यान्ड कमर्सियल भेहिकल मोडल ३७१८ प्लस एचसीभीलाई ‘ट्रक अफ द इअर २०१८’ नामक अवार्ड दिएर सम्मानित गरेको हो ।
सो पुरस्कार अशोक लेल्यान्डका प्रबन्ध निर्देशक विनोद के दसारीले भारतको दिल्लीमा भएको अटो एक्स्पो २०१८ मा ग्रहण गरेका थिए । अशोक लेल्यान्ड भारतको दोस्रो ठूलो कमर्सियल सवारी निर्माता कम्पनी हो । नेपाली बजारमा पनि अशोक लेल्यान्डले आफ्नो उपस्थिति बलियो बनाउँदै भएको छ । नेपाली बजारमा अशोक लेल्यान्डका सवारीसाधन आइएमइ ग्रुप अन्तर्गतको आइएमइ अटोमोटिभ्सले बिक्रीवितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्