Logo

काँग्रेसको बिरोधका बीच प्रतिनिधिसभाबाट वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकले बहुमतले आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । यसैगरी सभामुख घिमिरेले प्रतिनिधि सभाको मंगलबारका लागि बोलाएका छन् ।

सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकाले सोही दिन १ बजे बस्नेगरी संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उपस्थित हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्