पूर्वनिर्वाचन आयुक्त शर्मा सिटिजन्स बैंकको सञ्चालक

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छन् । शर्मालाई अध्यक्ष प्रबल जंग पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण गराए । कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेसनल ल एण्ड ह्यूमन राइट्समा एलएलएम गरेकी छन् । साथै उनले युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एण्ड डिभेलपमेन्टमा एलएलएम गरेकी छन् । उनीसँग अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ ।
निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत रहिसकेकी छन् । उनले काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।