सिरोहिया पक्राउप्रति आनको आपत्ति
काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले मिडिया उद्यमी कैलाश सिरोहिया पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मिडिया उद्यमी सिरोहियाले आफ्नो नागरिकता विषयको न्यायिक छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिरहेको अवस्थामा देशको ठूलो सञ्चारगृहको अध्यक्षलाई कार्यकक्षमै पुगेर पक्राउ गर्नुले अनेक प्रश्न खडा गरेको आनले जनाएको छ ।
नागरिकता जस्तो संवेदनशिल विषयमा राज्यले छानबिन गरेपनि नियम र कानुनको परिधि तथा संविधानले दिएको अधिकारको रक्षा गर्न राज्य चुक्न नहुने आनले जनाएको छ ।
यस घटनामा राज्यले आफ्नो दायरा बिर्सेको र चुकेको भन्दै आनले सञ्चार क्षेत्रको प्रतिष्ठित व्यक्तिमाथि प्रतिशोध साँधेर यराज्यले गलत काम गरेको जनाएको छ ।