प्रवास ट्राभल एण्ड टुर्सको सेवा विस्तार

काठमाडौं– बिगत १० वर्षदेखि हवाई टिकट सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एण्ड टुर्सले अनलाइन सेवालाई थप गुणस्तरिय बनाएको छ ।
१०औं वार्षिकोत्सवको अवसर पारेर वैशाखदेखि अनलाइन सेवालाई थप गणस्तरिय बनाएको कम्पनीले जनाएको छ । विद्यार्थी/रोजगारमा जाने यात्रु/कर्पोरेट छुट दिँदै आएको ट्राभलले अनलाइनमार्फत टिकट बुक वा खरिद गर्न सक्ने सुविधा रहेको जनाएको छ ।
यसैगरी अनलाइनमार्फत नै टिकट बुकिङ, परिवर्तन, रद्द, सिट छनोट, अतिरिक्त ब्यागेजको सुविधा पनि लिन सकिने बताइएको छ । यसका साथै अन्तर्राष्ट्रिय बिजनेस टिकटको खरिदमा छुटको व्यवस्था गरिएको कम्पनीको भनाइ छ । फलाइटस् नेपाल डटकममा मुलुक भर उडान भर्ने आन्तरिक ग्राहकलाई ध्यानमा राखेर टिकट किन्दा एक सय रुपैयाँ नगद फिर्ता पनि पाउन सक्ने ट्राभलले जनाएको छ ।