Logo

टिभिएसको शोरुम नयाँ बानेश्वरमा

काठमाडौं– सान्भी अटो लिंकले काठमाडौंको नयाँ बानेश्वरमा टिभिएस शोरुम सरुवात गरेको छ । हास्य कलाकार सन्दिप क्षेत्री र भक्तपुर निर्वाचत क्षेत्र नं २ का सांसद सांसद दुर्लभ थापाले शोरूमको उद्घाटन गरेका हुन् ।

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवद्र्धन गर्दै टिभिएसका उत्पादन र सेवा उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिंकका सञ्चालक श्रीकृष्ण थापाले जनाए ।

उपभोक्ताको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यले सञ्चालन भएको सान्भी अटो लिंकको नयाँ शोरुमले टिभिएस बाईक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मतलगायतका सेवा प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्