Logo

४१ मेगावाटको सुपर बागमतीमा ३ बैंकको साढे ६ अर्ब बढी लगानी

काठमाडौं– लक्ष्मी सन्राइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावरबीच सम्झौता भएको छ । सम्झौता अनुसार सो कम्पनीले बागमती नदीमा निर्माण गर्ने ४१.३१४ मे.वा. क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा बैंकहरुले लगानी गर्ने छन् ।

आयोजनाको कूल लागत ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सुपर बागमती हाइड्रोपावरले २०७८ माघ १२ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि उत्पादनको अनुमति पत्र लिई २०८० असार २५ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ । सो कम्पनीको प्रवद्र्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी र एएनके कन्स्ट्रकशन रहेका छन् ।

सो परियोजना निमार्णका लागि लक्ष्मी सन्राइजको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रर्वद्र्धक÷संस्थापकको लगानी रहने छ । सो परियोजनामा लक्ष्मी सन्राइजको कर्जा प्रतिवद्धता ३.४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकमध्ये सह–अगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंकको एक अर्ब लगानी रहेको छ ।

सो आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र उर्जा उत्पादकको मध्येको ठूलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्