सन नेपाल लाइफको वार्षिक साधारणसभाबाट बोनस शेयर पारित, एक सञ्चालक निर्वाचित

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रकम ३ अर्ब बीस करोडको २३.८० प्रतिशतले लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
उक्त प्रतिशतका आधार हुन आउने ७६ करोड १६ लाख रुपैयाँ बराबरको बोनश शेयर र बोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने रकम ४ करोड ८४ हजार दुई सय दश रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/८० (एनएफआरएस)को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण पारित गरेको छ ।
त्यस्तै, सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण, सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरणहरु सहितको एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० को सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालक स्नेहा शर्मालाई निर्वाचित गरेको छ ।