Logo

मुक्तिनाथ विकास बैंकद्वारा वृक्षरोपण कार्यक्रम

काठमाडौं- मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत ईलाम जिल्ला स्थित इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी– ०१ मा करिब २५० वटा तथा महोत्तरी जिल्लास्थित बर्दिबास नगरपालिकाको किसन नगर–०६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पुर्‍याएको छ ।

बैंकले उक्त कार्यक्रम हरियाली प्रवर्द्धनका लागि आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानीय नगरबासीहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्