Logo

महसुल नबुझाउने विद्यालयको लाइन काटन सुरु

दाङ– नेपाल विद्युत प्राधिकरण घोराही वितरण शाखाले विद्युत महसुल नबुझाउने विद्यालयहरुको लाइन काटन सुरु गरेको छ । अहिले ४ विद्यालयको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण घोराही वितरण शाखाले जनाएको छ ।

विद्युत उपयोग गर्ने तर महसुल नवुझाउने विद्यालयको लाइन काटन थालिएको नेपाल विद्युत प्राधिकरण घोराही शाखाका नन्दलाल शर्माले जानकारी दिए । विद्युतले पछिल्लो समय विद्युतको रकम नवुझाउनेको लाइन काटने अभियान नै सञ्चालन गर्दै आएको छ । केही समय अघि लाइन काटने नै अभियान सञ्चालन गरेको छ ।

व्यक्ति, सरकारी कार्यालय, उद्योग, सडकको लाइनसमेत काट्दै आएको छ । लाइन काटन थालेपछि विद्युत प्राधिकरणले उठाउनु पर्ने रकमसमेत उठन सुरु गरेको जनाएको छ । ‘प्राधिकरणको नियम तथा केन्द्रको निर्देशन अनुसार अभियान अगाडि बढेको हो’ घोराही वितरण शाखाका प्रमुख दीवाकर प्याकुरेलले भने । केन्द्रको निर्देशन अनुसार देशभर अभियान सञ्चालन भइरहेको उनको भनाइ छ ।

केन्द्रले नै सूचना जारी गरेर जानकारी गराउने गरेको उनले बताए । शर्माका उनका अनुसार अहिले सुरयु निमावि, कालिका प्रावि, प्रावि लाली गुरास, माध्यमिक विद्यालय सौडियार विद्यालयको लाइन काटिएको छ । सरयु निमाविको ९ महिनाको विद्युत महसुल तिर्न बाँकी रहेको छ । जसको ४ हजार ८१८ रुपैयाँ महसुल बुझाउन बाँकी छ ।

श्री कालिका प्राविको १० महिनाको ६ हजार ९०२ रुपैयाँ विद्युत महसुल बाँकी रहेको विद्युत कार्यालयले जनाएको छ । प्रावि लालीगुराँसको ९ महिनाको २ हजार ९६९ रुपैयाँ शुल्क रहेको छ । यस्तै सौडियार माविको १५ महिनाको महसुल तिर्न बाँकी रहेको छ । जसको १ लाख ७६ हजार ८७९ रुपैयाँ रहेको छ ।

विद्यालयहरुले विद्युत उपयोग गरेर २ देखि ४६ महिनासम्म रकम बुझाएका छैनन् । यसरी लामो समयसम्म महसुल नबुझाएपछि लाइन काटन थालिएको हो । घोराही विद्युत कार्यालय अन्र्तगत अहिले सामुदायिक र निजी गरेर ३७ वटा विद्यालयको महसुल बक्यौता छ । जसबाट ३ लाख ५१ हजार ५५३ रुपैयाँ उठन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्