Logo

पक्राउ परेका कान्तिपुर अध्यक्ष सिरोहियालाई धनुषा लगियो

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ। मंगलबार साँझ कान्तिपुर कार्यालयबाट पक्राउ गरेलगत्तै सिरोहियालाई गाडीमा धनुषा लगिएको हो।

जिल्ला अदालत धनुषाको पक्राउ पुर्जीका आधारमा सिरोहियालाई पक्राउ गरिएको हो। उनलाई बुधबार बिहान धनुषा जिल्ला अदालतमा पेश गर्ने तयारी छ।

उनीविरुद्ध धनुषा प्रहरीमा नागरिकता कीर्ते गरेको भन्दै उजुरी परेको छ। उजुरीपछि जिल्ला अदालतबाट सिरोहियाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको थियो।

सिरोहियाले भने आफूलाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको बताएका छन्। पक्राउ परेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकार नवअधिनायकवादतर्फ अगाडि बढेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्