Logo

म्याजिक एआई क्यामेरा फोनः अनर म्याजिक६ प्रोको प्रि-बुकिङ सुरु

काठमाडौं- नेपालमा अनर म्याजिक६ प्रोको प्रि-बुकिङ सुरु भएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बहुप्रतिक्षित एआई फ्ल्यागसिप नेपालमा ल्याएको हो । यसको प्रि-बुकिङ मे २१ बाट सुरु भई ३१ मेसम्म जारी रहनेछ ।

प्रतिष्ठित अनर म्याजिक श्रृंखलाको फ्ल्यागशिप लाइनअपमा सबैभन्दा नयाँ थपिएको अनर म्याजिक६ प्रो जसले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन, र एआई-सञ्चालित प्रयोगकर्ता अनुभवहरूमा राम्रो तारिफ बटुलेको छ । अनर म्याजिक६ प्रो कालो र एपी ग्रीन गरी दुई सुन्दर रंगमा उपलब्ध हुनेछ जसमा एपी ग्रीन भेगन लेदर ब्याकको साथ आउँदछ । यो फोन (१२+५१२) जीबी भेरियन्टमा आउँछ ।

जसको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ । फोन प्रि-अर्डर गरेका ग्राहकहरूले २१ हजार ९९० रुपैयाँ मूल्यको अनर वाच फाेर नि:शुल्क प्राप्त गर्नेछन् । साथै भीआइपी कार्ड पनि प्राप्त हुनेछ जसमा १ वर्षको लागि नि:शुल्क सेवाहरू, अनर मोडेल मा छुट र अन्य धेरै सुविधाहरू समावेश छन् । ग्राहकहरूले यसलाई अफलाइन रिटेल स्टोरहरू र दराज र हुकुत जस्ता अनलाइन प्लेटफर्महरू मार्फत पनि खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्